लुम्बिनी

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमित संख्या ६ सय ६३ पुग्यो



बुटवल २७ साउन। बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६