ब्रेकिंग न्युज

एम्बुलेन्समै गयो एक कोरोना संक्रमितको ज्यान



सप्तरी, २८ साउन । सप्तरीमा एक कोरोना भाइरस संक्रमितको एम्बुलेन्समै ज्यान गएको छ । सप्तरीमा थप एक कोरोनाको उपचार नपाई ज्यान गएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढे लगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले जानकारी दिए ।उनी मुटुसम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

        यसअघि जिल्लाको रुपनी गाउँपालिका–५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज–६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो । हालसम्म नेपालमा कोरोनाबाट ८४ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६