लुम्बिनी

दाङमा एम्बुलेन्स दुर्घटना , चालकसहित चार जना घाइते



दाङ २९ साउन ।दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार उनीहरु दुबै जनालाई उपचारका लागि बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

        दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् । उनका अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।एम्बुलेन्समा मगरका छोरापनि सवार रहेको भएपनि उनलाई भने चोटपटक नलागेको प्रहरीले बताएको छ । पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए ।उनको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६