अर्थ-वाणिज्य

सुनचाँदीको भाउ२ हजार ४ सय रुपैयाँले बढ्यो



काठमाण्डौ २९ साउन । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि भाउ बढेको हो ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६