लुम्बिनी

अर्घाखाँचीका अपाङ्गता भएका महिलालाई घरमै नागरिकता पाए



अर्घाखाचीँ ३० साउन । बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ । कोरोनाको त्रासले मानिस त्रसिद छन् । जोखिम मोलेर बाहिर फेर हिँड्न पनि उत्तिकै जोखिम छ ।कार्यालयमा जाँदा कर्मचारी तर्सिने गर्छन्, कोरोनासँगै बाढी पहिरोका कारण धेरैलाई यात्रा गर्न कठिन छ । यस्तो जोखिमको बाबजुत यहाँका अपाङ्गता भएका महिलाले घरमै नागरिकता पाएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले गाउँमै पुगेर नागरिकता वितरण गर्नुभएको हो । 

                 पाणिनी गाउँपालिका–४ पटौटीमा पुगेर दुई जना फरक क्षमता भएकालाई परिचयपत्र प्रदान गर्नुभएको हो । पटौटीका २७ वर्षीय बालकुमारी रास्कोटी र १९ वर्षीय शिवा घर्तीलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताउनुभयो । सदरमुकाम सन्धिखर्कबाट उक्त स्थानमा जान गाडीमै पनि झण्डै चार घण्टा लाग्दछ । अविरल वर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि कतै गाडी कतै मोटरसाइकल र कतै पैदल यात्रासमेत गरेर प्रजिअ पौडेलले घरमै पुगेर दुई जना अपाङ्गता भएका महिलालाई नागरिकता प्रदान गर्नुभएको हो । घरमै परिचयपत्र पाएपछि रास्कोटी र घर्तीसँगै परिवार खुशी भएका छन् । यसरी बिना झन्झट घरमै परिचयपत्र पाउँदा निकै खुशी लागेको उहाँहरुले बताउनुभयो । यस्तो परिस्थितिमा पनि घरमै आएर नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रजिअलाई धन्यवाद दिनुभयो । नागरिकता पाउने अन्य सात जनाको घरमै पुगेर अभिभावकको सनाखतसमेत गरिएको छ ।

                प्रमुख जिल्ला अधिकारी पौडेलले पाणिनी गाउँपालिकामा कोरोनाका कारण सर्वसाधारणले खेप्नुपरेको सास्ती, कोरोना जोखिमबाट बच्न उनीहरुले अपनाएको सावधानीबारेमा जानकारी लिनुभयो । मास्क नभएका परिवारलाई मास्क वितरण गर्नुका साथै लगाउने तरिकाका बारेमा पनी उहाँले सिकाउनुभयो । सेवाग्राहीमैत्री सेवा र उत्कृष्ट कार्यसम्पादनले यो वर्ष अर्घाखाँची ७७ जिल्लामध्ये अतिउत्कृष्ट ९ए प्लस० को सूचीमा परेको छ । गृह मन्त्रालयबाट केही दिनअघि सार्वजनिक भएको मूल्याङ्कनमा देशका तीन वटा जिल्ला अति उत्कृष्टको सूचीमा परेका थिए । कोरोना महामारी नियन्त्रण, आइसोलेसन कक्षको निर्माण, क्वारेन्टिनको व्यवस्थापनमा जिल्ला प्रशासनले खेलेको भूमिका राम्रो रहेको स्थानीयवासी बताउँछन् । 

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६