खेलकुद

फिफाको महिला वरीयतामा नेपाल ९९ औँ स्थानमा



काठमाण्डौ ३२ साउन । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरीयतामा नेपाल ९९ औँ स्थानमा यथावत् रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरीयतामा परेको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरीयता एकनास रहेको छ । एशियाली देशतर्फ नेपाल २१ औँ स्थानमा छ ।

           दक्षिण एशियाली देशको वरीयतामा नेपालको स्थान दोस्रो छ ।यस्तै फिफा वरीयतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् । विश्व वरीयतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्याण्ड चौथो, स्वीडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन् ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६