दाङमा ५६ बोरा अवैध युरिया मलसहित व्यापारी पक्राउ
दाङ ३२ साउन । दाङको तुलसीपुरमा ५६ बोरा अवैध भारतीय युरिया मलसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ७ शिवनगर रहेको आचार्य टेडसका सञ्चालक गौरा न्यौपाने रहेका छन ।न्यौपालनेको पसलबाट ट्रेडसबाट अवैध ५६ बोरा युरिया मल बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
न्यौपानेले सञ्चालन गरेको आचार्य टे«डसबाट अबैध भारतीय युरिया मल बिक्री बितरण भइरहेको भन्ने गोप्य सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले छापा मारेको थियो ।छापा मार्दा पसल सञ्चालकसँग मल खरिद गरेको आवश्यक कागजपत्र नभेटिएपछि पसल सिल गर्दै सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।अवैध भारतीय यूरिया मल बिक्री भैरहेको गोप्य सूचनाका आधारमा प्रहरीले शनिबार साँझ साढे ५ बजेतिर छापा पारेको थियो ।
प्रतिक्रिया