लुम्बिनी

झोलुङ्गे पुल बनेपछि झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहजता



कपिलवस्तु ३२ साउन । कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । विजयनगर गाउँपालिका–१ र ५ को सीमामा रहेको उक्त खोलामा रु ८४ लाख १० हजार ३०० को लागतमा पुल निर्माण भएको हो । लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै वर्षातको समयमा पालिकावासीलाई आवतजावत गर्न नसक्ने अवस्था अब हटेको बताउनुभयो । अहिले वडा नं १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।
       
वर्षैदेखि यहाँका बालबालिका वर्षात्को समयमा विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले जानकारी दिनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन् । बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताउनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६