लुम्बिनी

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हप्ता निषेधाज्ञा जारी



दाङ १ भदौ । दाङमा कोरोना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट एक हप्तासम्म साँझको समयमा निषेधाज्ञा जारी गरिएको छ । आजबाट भदौ ८ गतेसम्म साँझ सात बजेदेदि विहान पाँच बजेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।जिल्ला प्रशासन कार्यालय दाङमा गएको शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले निशेषज्ञा जारी गर्ने निर्णय गरेको थियो ।निषेधाज्ञाको समयमा बजार, यातायात, भिडभाड र हिँडडुलमा समेत पूर्णरुपले रोक लगाईनेछ ।

      प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार अत्यावाश्यक सवारी साधन बाहेक अन्य सम्पुर्ण सवारी साधनमा रोक लगाईने छ ।विशेषगरी चार्डपर्व नजिकीदै गर्दा नाँचगान, भिडभाड, सेमिनार जस्ता कार्यक्रमलाई लक्षित गरी यस्तो नियम लागु गरिएको बताईएको छ । नियम उल्लङघन गर्ने जोसुकै पनि कानुनी कारवाही गरिने प्रशासनले चेतवानी दिएको छ ।

प्रकाशित : १ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६