लुम्बिनी

समुदाय स्तरमा कोरोना फैलिएपछि तिलोत्तमा नगरपालिकामा एक हप्ता लकडाउन हुने



रुपन्देही २ भदौ । दिनप्रति दिन समुदाय स्तरमा कोरोना संक्रमित संख्या थपिदै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा  पूर्ण रुपमा बन्द हुने भएको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्न  नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको बैठकले  भाद्र ३ गते साझ ७ बजेदेखि  १० गते साझ ७ बजेसम्म  लकडाउन गर्ने निर्णय गरेको छ ।

       सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा मगंलवार बसेको संकट व्यवस्थापन केन्द्र  को बैठकले एक हप्ता पूर्णलकडाउन गर्ने निर्णय गरेको हो ।यो अवधिमा दुग्ध डेरी  डिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गर्ने निर्णय सिसीएमसी बैठकले गरेको छ । 

प्रकाशित : २ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६