लुम्बिनी

गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक



गुल्मी, ३ भदौ । गुल्मीदरवार गाउँपालिकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको छ । गाउँपालिकाले पालिका भित्र रहेको धार्मिक , ऐतिहासिक , पर्यटन , कृषि क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाको पहिचानका निम्ति सबै क्षेत्रलाई समेटेर लोगो सार्वजनिक गरेको पाण्डेले दाबी गर्नुभयो । लोगोमा रहेका ७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ ।

 रेसुंगाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ । चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक , धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समाबेश गरेको छ ।

        लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख , समृद्धी , सौभाग्यको संकेत गरेको पालिकाले जनाएको छ । झाँकीहरुको संकेतले पालिका भित्र रहेको कला ,संस्कृति र बिभिन्न जातजातीको संकेत गरेको छ । गाउँपालिकाको नक्सालाई महिला पूरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ  र सहयोग रहेको  छ । लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र जनताले परिश्रमको संकेत संगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको छ । 

 लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व , रातो रङले आर्थिक क्रान्ती र समृद्धि , सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिका भित्र स्वच्छ खानेपानीको ब्यबस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६