पर्यटन

राजापानी सामुदायिक वनमा फालिएका बोतलबाट क्यारी निमार्ण ।



कपिलवस्तु

४ भाद्र २०७७

प्रयोग नभई फालिएका बोतलको प्रयोग गर्दै कपिलवस्तुको राजापानी सामुदायिक वनमा बिरुवाको क्यारी र चौतारी निमार्ण भएको छ । स्थानीय ३ होटेलमा फालिएका बोतल सङ्कलन गरी २ स्थानमा चौतारी निमार्ण गरिएको हो । २ दिनमा ४ जना कामदार प्रयोग भई तयार भएको राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले बताएका छन् ।

दुई स्थानमा चौतारी निमार्ण गर्दा करिब ८ हजार खर्च भएको छ । एउटा चौतारीका लागी २ बोरा सिमेन्ट, ४ बोरा बालुवा मात्र प्रयोग भएको छ । फालिएका बोतल सहयोग स्वरूप मागेर बोतल भित्र बालुवा भरी प्रयोग गरिएका छ । यस्ता संरचनाले खर्च पनि कम गरेको छ  र वातावरण प्रदूषण पनि कम गरेको छ । सामाजिक सञ्जालमा फोटो देखेर बनाउन रुचि लागेको अध्यक्ष अधिकारीले बताए । लकडाउन खुले पछि प्लास्टिकका बोतल प्रयोग गरी बनाइने योजना समेत रहेको छ ।


कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा वडा नं. ३ रहेको उक्त सामुदायिक बनले पर्यटनको विकासमा जोड दिँदै आएको छ । माछा पालन, फूलबारी, वाल उद्यान, पिकनिक स्पट सञ्चालन सँगै घाइते वन्य जन्तुको संरक्षणमा गर्दै आएको छ । २०७० साल देखी कपिलवस्तुको पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै आएको छ ।  




प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६