देश

पर्यटन प्रवर्द्धनका लागि ‘गुगल म्याप’सहितको ‘क्युआर’



वीरगञ्ज (पर्सा), १ असोज

जिल्लाको पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले ‘गुगल म्याप सहितको ‘क्युआर’ प्रणालीको विकास गरेको छ । उक्त प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, सो स्थानमा पुग्न लाग्ने समय उपलब्ध छ । यस्तै, खाना नास्ता तथा बसोबासका लागि उपलब्ध होटल पनि क्युआर प्रणालीमा हेर्ने सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो । रेष्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगञ्जदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ । प्रहरीले उक्त क्युआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ । –––

प्रकाशित : १ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६