अर्थ-वाणिज्य

कपिलवस्तुको तौलिहवामा बैंकर्स क्लब गठन



कपिलवस्तु १२ भदौ ।राष्ट्यि वाणिज्य वैंक तौलिहवा शाखाका प्रवन्धक सरोज आचार्यको अध्यक्षतामा तौलिहवा वैंकर्स क्लबको गठन गरिएको छ । सदरमुकाम तौलिहवा स्थित बैंक तथा वित्तिय संस्थाहरुका प्रवन्धकहरुको तौलिहवामा सम्पन्न वैठकबाट आचार्यलाई बैंकर्स क्लबको संस्थापक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । क्लबको उपाध्यक्षमा मेगा बैंकका प्रवन्धक राजेन्द्र शर्मा, सचिवमा गुहेश्वरि मचेण्ट बैकिङ एण्ड फाइनान्सको शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्री इन्भेषटमेण्ट एण्ड फाइनान्सको शाखा प्रबन्धक राजीव श्रीवास्तव चयन हुनु भएको छ । 

       यसै गरी क्लबको सदस्यहरुमा कृषि विकास बैंकका प्रवन्धक राम बहादुर खत्री, लक्ष्मी बैंकका प्रवन्धक अर्पण श्रेष्ठ, कामना सेवा विकास बैंकका प्रवन्धक अखिलेश कुमार अग्रहरी, एभरेष्ट बैंकका प्रवन्धक प्रकाश ज्ञवाली, तिनाउ मिसन डेभलपमेन्ट वैंकका प्रवन्धक नवीन भुषाल, ग्लोबल आई.एम.ई. वैंकका प्रवन्धक लोक नारायण न्यौपाने, माछापुछ्रे बैंकका प्रवन्धक देवेन्द्र केसी, प्रभु बैंकका प्रवन्धक सुनिल भुषाल र एनआईसी एसिया बैंककका प्रवन्धक सुरज गुप्ता कसौधनलाई सर्वसम्मत ढंगबाट चयन भएका छन् ।

        बैंक तथा वित्तिय क्षेत्रमा आई पर्ने साझा समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्न र आम वैंक तथा वित्तिय क्षेत्रका ग्राहकहरुलाई सहज र सुलभ ढंगबाट प्रभावकारी सेवा प्रवाहमा एक रुपता ल्याउन क्बलको गठन गरिएको क्लबका अध्यक्ष सरोज आचार्यले वताउनुभयो । तौलिहवा स्थित बैंक तथा वित्तीय संस्थाहरुको सामुहिक तथा कर्मचारीहरुको हकहितको सम्वर्धन तथा सम्भव भए सम्म सामाजिक सहयोगको कार्यहरु संचालन गर्न बैंकर्स क्लब साझा फोरमको रुपमा क्रियाशील हुने क्लबका सचिव नविन बहादुर श्रेष्ठले वताउनु भएको छ । 

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६