अर्थ-वाणिज्य

पहिराबाट विस्थापित बासिन्दालाई सौर्य ऊर्जा वितरण



सिन्धुपाल्चोक १२ भदौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीमा पहिराबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लिदीमा पहिराबाट विस्थापित स्थानीय बासिन्दाको  विद्युत् आपूर्तिको लागि २० वाट पिक क्षमताको १०० थान सौर्य घरेलु प्रणाली वितरण गरेको हो । जुगल गाउँपालिका–¬१ को बाँसखर्कमा हाल निर्माण गरिएको अस्थायी शिविरस्थलमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामार्फत गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो ।

   कार्यक्रममा विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्रीहरु वितरण गरिएको थियो । गत साउन ३० गते आएको भीषण पहिरामा परी लिदीको २७ घर पूर्णरुपमा क्षति भएको थियो भने ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये हालसम्म ३३ जनाको शव भेटिएको छ भने छ जना अझै हराइरहेका छन् । पहिरोबाट १७२ घर जोखिममा परेका छन्  

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६