खेलकुद

सीपीएलमा जमैकाको तेस्रो जित,नेपाली स्पीनर सन्दीपले २ विकेट लिए



 काठमाडौं १४ भदौ । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ ।नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।जमैकन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो ।

   उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए ।सेन्ट किट्सलाई अलआउट गर्न जमैकाका लागि ब्रेथवेइटले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने फिडेल एवारड्स र भिरास्वामी परमुलले २–२ विकेट लिए । ब्रेथवेइटले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै परमुलले ४ ओभरमा २० रन खर्चिए ।

              त्यसअघि क्वीन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै जर्मेन ब्ल्याकउडले २७ रन जोडे । सेन्ट किट्सका कप्तान राएद एमरिटले ३ विकेट लिए ।कप्तान काएरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ७२ रन बनाएपछि ट्रिनबागो नाइट राइडर्सले साविक विजेता बार्बेडोस ट्राइडेन्सलाई २ विकेटले हरायो ।

        पोलार्डले २८ बलमा २ चौका र ९ छक्का मद्दतमा ७२ रन बनाएपछि ट्रिनबागोले १४९ रनको लक्ष्य एक बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो । खेरे पेरीले ५ बल खेल्दै अविजित १० रन जोडे । यस्तै ओपनर लेण्डन सिमोन्सले ३२ रन बनाए । बार्बेडसका कप्तान ज्यासन होल्डरले २ विकेट लिए ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६