कपिलवस्तु १६ भदौ । डेढ दशकको रियलस्टेड (घर जग्गा)कारोबारमा तल्लिन दुई मामा, भान्जाका निम्ति यतिखेर कृषि पेशा नै प्यारो लाग्न थालेको छ । सानै देखी निकै मिहिनेत गर्ने शिवलाल बेल्बासे र भुवन पौडेलको यति बेलाको दैनिकी गाई र भैसीको स्याहार सुसारमा ब्यतित हुन थालेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ बनगाई, कपिलवस्तु निवासी शिवलाल बेल्बासे र वडा नं. ९ निवासी भूवन पौडेल दुवै जना यस अघि पनि सामुहिक रुपमा जग्गाको कारोबार गर्दै आउनु भएको थियो ।
मामा, भान्जाले यतिखेर कपिलगंगा कृषि उत्पादन केन्द्र नामक कृषि फर्म दर्ता गरी पाँच वर्षे दीर्घकालिन लक्ष्य सहित कामको थालनी गर्नु भएको छ । ८० वटा गाई र भैसी बाट शुरु गरिएको फर्मले आगामी दिनमा चिस्यान केन्द्र, माछा पालन, कागती खेती, तरकारी खेती संचालन गर्ने र गाई, भैसीको संख्या पाँच सय पु¥याउने लक्ष्य राखेको संचालक शिवलाल बेल्बासेले बताउनु भयो । संचालक बेल्बासेले २०५७ सालमा आफुले दुध संकलन गर्ने कार्य गर्दै आएको र चिस्यान केन्द्र स्थापना गर्ने आफ्नो सपना रहेको बताउर्दै करिव २ वर्ष भित्र आफ्नै आधुनिक चिस्यान केन्द्रको स्थापना संगै सपना पुरा हुनेमा विश्वस्त हुनुहुन्छ । निकै मिहिनेत गर्ने छवी बनाएका बेल्बासेको यस कार्यबाट नयाँ पुस्ताका युवाका निम्ति भने गरे आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्न सक्नेछ ।
फर्मका अर्का संचालक भुवन पौडेलले सरकारले कृषि पेशालाई प्रोत्सान गर्दा आफुहरु पनि उत्साहित भएको बताउदै कृषि पेशालाई ब्यवसायिक ढंगले आफुहरुले गर्न लागेको बताउनु भयो । संचालक पौडेलले छोटै अवधीमा नमुना योग्य कृषि फर्मको रुपमा विकास गर्ने सोच रहेको बताउदै कृषि पेशालाई ब्यवसायिक रुपमा सफल बनाउनु धारणा राख्नु भयो । संचालक पौडेलले आफु जस्ता थुप्रै साथीहरु विदेशबाट प्लायन भएको अहिलेको अवस्थामा केही हदसम्म भएपनि त्यस्तो युवा जनशक्तिलाई रोजगारी श्रृजना गर्ने कुरा वर्तमान समयमा महत्वपूर्ण हुने तर्क गर्नु भयो । बाणगंगा ९, भलवाडमा जग्गा बाहेक एक करोड लागतबाट शुरु गरिएको फर्मको लगानी पाँच वर्ष भित्रमा १२ करोड पु¥याउने लक्ष्य रहेको संचालकको भनाई रहेको छ ।
कोभिड १९ संगै विभिन्न ब्यवासयहरु धरासायी बनिरहेको अवस्थामा कृषि पेशा भने यतिखेर सबैको रोजाईमा पर्नु नेपाली अर्थतन्त्रका लागि भने केही हदसम्म भएपनि सुखदायी हुनेछ । राज्यले कृषि क्षेत्रलाई विशेष सुविधा दिने घोषणा संगै यस तर्फ धेरैको आकर्षण बढन थालेको कृषि फर्म संचालकहरुको भनाई रहेको छ ।
प्रतिक्रिया