लुम्बिनी

अर्घाखाँचीमा थप एकसाता भदौ २४ सम्म निषेधाज्ञा



अर्घाखाँची  १७ भदौ । अर्घाखाँचीमा भदौ २४ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा थप गरिएको छ । भदौ १७ गते बुधबार राति १२ बजे निषेधाज्ञाको अवधी सकिन थालेपछी रायसुझावको आधारमा निषेधाज्ञा भदौ २४ सम्म थप गर्ने निर्णय भएको जिल्ला प्रशासन अर्घाखाँचीले जनाएको छ  ।  जिल्ला प्रशासन कार्यालयमा बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा निषेधाज्ञा  थप गर्न मंगलबार सुझाव दिएका थिए । बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको डिसीसीएमसीको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा  थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी बिक्रम थापाले बताए ।

          तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि निषेधाज्ञा गर्नुको कुनै विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा थप भएको निर्णयको सुचना जिल्ला प्रशासनले केही समयमा प्रकाशन गर्ने सुचना अधिकारी थापाले बताए ।बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायव उपरिक्षक माधव बुढाथोकी, जिल्ला समन्वय अधिकारी, स्वास्थ्य कार्यालय, अर्घाखाँची अस्पतालका प्रमुख, सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६