काठमाण्डौ १९ भदौ । एक विश्वास पात्रलाई गुमाउदै गर्दा प्रधानमन्त्री केपि ओलीले अर्का विश्वास पात्रलाई अर्थमन्त्री बनाउने चर्चा हुन थालेको छ । प्रधानमन्त्रीले आफ्ना एक विश्वास पात्र अर्थमन्त्री यूवराज खतिवडालाई पुनरनियुक्ति गर्न नसक्ने भएसंगै अर्का विश्वासपात्र महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीका रुपमा लैजाने भित्रि तयारी जारी राखेको श्रोतको भनाइछ । यद्धपी यस विषयमा ओली र पौडेल बीच छलफल भएको भएपनि औपचारीक रुपमा प्रचण्ड लगायतका शिर्ष नेतासंग छलफल नभएको वताइएकोछ ।
यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेपछि उनको बहिर्गमन निश्चित भएको हो ।प्रधानमन्त्रीले खतिवडालाई नै राष्ट्रिय सभा सांसद बनाउछन भन्ने पुर्वानुमान बिपरीत पार्टिको पुर्व निर्णयलाई अध्यक्ष केपी ओलीकै प्रस्तावमा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सचिवालय बैठकले गरेकोे हो ।खतिवडालाई प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा ओलीले काखी च्यापेको भन्दै चौतर्फी आलोेचना भएको थियो ।
खतिवडासंग निजी क्षेत्र, पार्टिको प्रचण्ड माधव नेपाल समुह मात्र होईन केपी ओली निकटहरुको समेत ठुलै समुह असन्तुष्ट छ ।अर्थसास्त्रका बिज्ञ खतिवडा अवसर पाएर पनि मुलकको आर्थिक समृद्धीको नेतृत्व क्षमता राख्न नसकेको र निजी क्षेत्र माथी निर्मम बनेको तथा नागरिकका समस्या बुझ्न नसकेको आरोप छ ।।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णय अनुरूप राष्ट्रियसभा सदस्य गौतमलाई लैजान राष्टपति समक्ष सिफारिस हुने जानकारी गराएका थिए ।
यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपा भित्र सामान्य विवाद थियो ।राष्ट्रपतिबाट मनोनित गर्ने एक जना राष्ट्रिय सभा सदस्य पद छ महिनादेखि रिक्त थियो। पार्टि भित्रको किचलोका कारण खतिवडा संसद सदस्य नभएपनि पदमा बहाल रहेका थिए । अव उनको यसपटकको संसद बन्ने सम्भावन टरेको छ । खतिवडाको कार्यकाल कानूनतः अव १ दिन मात्र बांकी रहेको छ ।
प्रतिक्रिया