खेलकुद

सीपीएलमा जमैका तलावाज सेमिफाइनलमा पुग्यो



काठमाण्डौ १९ भदौँ । क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान सकिएको खेलमा गुयाना अमेजन वारियर्स ६ विकेटले विजयी भएसँगै जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै जमैका मिफाइलनमा पुग्ने निश्चित भएको हो ।बिहान भएको खेलमा अमेजनले बारबाडोस ट्रीडेन्टस्लाई हरायो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौँथौ‌ स्थानमा छ ।पाँचौ‌ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चार टोली सेमिफाइनल पुग्छन् । शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्सको आठ खेलबाट १६ अंक छ भने दोस्रो स्थानको अमेजनको १० खेलबाट १२  अंक छ । यसअघि वर्षाका कारण खेल नतिजाविहीन भएपछि जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग अंक बाँडेको थियो ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६