अर्थ-वाणिज्य

औषधी ब्यावसायी संघ पुग्यो अधिकारकर्मीसंग



कपिलवस्तु २० भदौ ।नेपाल औषधी ब्यावसायी संघ बुद्धभुमिले फन्ट लाइनमा काम गर्ने मानव अधिकार कर्मीहरुलाई  एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री माक्स र सेनेटाइजर हस्तान्तरण गरेकोछ  । बुद्धभुमि नगरपालिका वडा न २गोरुसिहें तथा ९ इमिलियामा रहेका निजि मेडिकल संचालकहरुले फन्टलाईनमा काम गर्ने अधिकारकर्मीहरुका लागी माक्स तथा सेनिटाइजर मानव अधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनाल तथा इन्सेक सहजकर्ता नन्दराम पौडललाई हस्तान्तरण गरेका छन  । 

        बुद्धभुमि ४ मा भएको कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका अध्यक्ष  तथा प्रमुख अतिथी धर्मराज भट्टराईले फन्ट लाइनमा काम गर्ने मानवअधिकार कर्मी , स्वास्थ्यकर्मी ,संचारकर्मी र सुरक्षाकर्मीहरु रहेको भन्दै सुरक्षित रुपमा काम गर्नका लागी स्वास्थ्य सामाग्री आवस्यक रहेको महसुस गरि हस्तान्तरण गरेको बताउनु भएको छ । औषधी ब्यावसायीहरुको पनि सामाजिक दात्वि  रहेको भन्दै देशमा संकटको बेला सहयोग गरेको बताउनु भयो । 

यसै गरि इन्सेक सहजकर्ता नन्दराम पौडेलले कोभिड १९ वाट विश्वनै प्रभावित रहेको बेला मानवअधिकारकर्मी पनि  प्रभावित बनेको वताउनु भयो । यसै गरि मानवअधिकार समुह बुद्धभुमिका अध्यक्ष कृष्ण प्रसाद खनालले संकटको बेलामा स्वास्थ्य कर्मीको अहम भुमिका रहने हुदा उनीहरुलाई हैसला र रहयोग गर्नु पर्ने बताउनु भयो ।

        कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला सचिव महेन्द्र विष्ठको अध्यक्षता , जिल्ला सदस्य दुर्गा अधिकारीको संचालनमा  र जिल्ला सदस्य धर्मराज दमासेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा एक दर्जन अधिकारकर्मीहरुको सहभागी रहेको थियो । 

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६