अर्थ-वाणिज्य

लकडाउने समस्यामा परेकालाई तत्काल राहत देऊ : उच्च अदालत



बुटवल २० भदौ ।  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले कोभिड १९ को महामारी र लकडाउनले समस्यामा परेका एवं आय स्रोत कम भएका व्यक्तिलाई तत्काल राहत वितरण गरी बाँच्न पाउने अधिकार सुरक्षित गर्न रुपन्देहीका स्थानीय तहहरुका नाममा अन्तरिम आदेश जारी गरेको छ । व्यावसायिक वकिल समाज बुटवलले दिएको रिट निवेदनमा  सुनुवाइ गर्दै बुटवल उप–महानगरपालिका, सिद्धार्थ नगरपालिका र तिलोत्तमा नगरपालिकाको नाममा अदातले अन्तरिम आदेश जारी गरेको हो । 

        न्यायधीशद्वय अच्युतप्रसाद भण्डारी र दुर्गाबहादुर विश्वकर्माको संयुक्त इजलासले कोभिड १९ को महामारी र लकडाउनको कारणबाट जीवनयापन गर्न गाह्रो भएका र भोकमरीमा परेका आ–आआफ्नो क्षेत्रभित्रका व्यक्तिहहरुलाई नगरपालिका एवं उप–महानगरपालिकाले आय स्रोत र क्षमता अनुसार कानुन बमोजिम राहत वितरण गर्न आदेश दिएको हो ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६