अर्थ-वाणिज्य

क्लिंकरमा परनिर्भर ।



बुटवल ः 
कोरोना महामारीको निहुँमा चुनढुंगा ढुवानीमा जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रतिबन्ध लगाउँदा क्लिंकर उद्योग बन्द भएका छन् । पाल्पा प्रशासनको अदुरदर्शी निर्णयले क्लिंकरमा आत्मनिर्भर रहेको मुलुक परनिर्भर बन्दै गएको हो । स्वदेशमै क्लिंकर उत्पादन नभएपछि अर्बाैंको क्लिंकर भारतबाट आयात गर्नु परेको छ । आर्थिक वर्ष २०७६(७७ को वैशाखदेखि असार मसान्तसम्म मात्रै ९८ करोड ६९ लाख ६६ हजार मूल्यको एक लाख २२ हजार टन बराबर क्लिंकर आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । कोरोनाको महामारी रहेको भारतबाट निर्वाध ढुवानी हुँदा निकै कम संक्रमण भएको पाल्पाले उद्योग व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । प्रशासनको यो निर्णयलाई अदुरदर्शी भन्दै सर्वत्र आलोचना भएको छ । पाल्पामा चुनढुंगाका करिब एक दर्जन खानी छन । एक हजारभन्दा बढी कोरोना संक्रमित रहेको रूपन्देहीमा उद्योग कलकारखाना, ढुवानी निर्वाध भइरहेको छ । तर, पाल्पाले भने ढुवानी गर्नसमेत प्रतिबन्ध लगाएको छ। पाल्पामा जम्मा १६ जना कोरोना संक्रमित छन । प्रशासनले भने कोरोना हटस्पट भएजस्तै सर्वत्र प्रतिबन्ध लगाएको छ । प्रशासनको यो निर्णयले आर्थिक क्षेत्र चौपट भएको व्यवसायीले बताएका छन ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६