खेलकुद

नेपाली लेग स्पिनर लामिछाने सम्मिलित जमैका पराजित



ऐजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा हारेको छ ।ब्रायन लारा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।जमैकाले दिएको दिएको १ सय ८ रनको लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

       यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।यस्तै, कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिए । खारी पेरीको नाममा २ विकेट रह्यो ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६