लुम्बिनी

गुल्मीमा १३२ केभीएको सवस्टेशन निर्माण सुरु



गुल्मी २४ भदौ । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभीएको सवस्टेशन निर्माण सुरु भएको छ ।सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका छन् । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो । डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभीले सवस्टेशन निर्माणको जिम्मा लिएको छ ।

          कपिलवस्तुको मोतीपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङ विद्युत प्रशारण लाइन विस्तार हुँदैछ ।प्रसारण लाइन गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव स्टेशन निर्माण थालिएको हो । सव स्टेशन निर्माण भएपछि गुल्मी र छिमेकी जिल्लामा विद्युत पहुँच बढ्नेछ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६