अर्थ-वाणिज्य

बुद्धभूमी : ३ गाउमा पोखरीको पानी खाने बाध्यता,इटटा उद्योगका कारण समस्या



कपिलवस्तु २४ भदौ ।जिल्लाको बुद्धभूमी नगरपालिका– १० स्थित ३ गाउमा यस बर्ष फेरी खानेपानीका हाहाकार भएको छ । दुई साता यता चापाकल – नल ) मा पानी आउन छाडे पछि तीन गाउका सय १ सय २५ बढी परिवार गाउ नजिकै रहेको पोखरीको पानी खान बाध्य छन । देउपुरा, लोहरौली र पिप्रहवा लोहरौलीको नया बस्ती टोल अहिले पानीको चरम अभाव छ ।  सोही वडाको गाउ नजिकै सिचाईको नाममा सोनु ईट्टा उद्योगले ठुलो बोरिङ संचालन गरे पछि गाउमा रहेको नलमा पानी आउन छाडेको गाउलेहरु बताउछन । 

        सो गाउमा ३ बर्ष अघि देखिको समस्या अझै सूल्झीएका छैन । भुमीगत जल सिंचाई विकास डिभिजन लम्ही दाङक सहयोगमा २०७५ सालमा बोरिङ जडान गरिएको थियो । त्यही बोरिङ दिनरात चलाईदा मुहान सुक्ने समस्या आएको हो ।  देउपुराका ८२ बर्षे बृद्धा फुलचन्द केवटले दुई साता यता नलमा पानी नआउदा पिउने पानीको समेत अभाव भएको दुःखेसो पाखे । ‘ जति चलाए पनि नलमा पानी आउदैन, खानेपानी नहुदा धेरै समस्या झेल्नु परेको छ ’ उनले घरमा रहेको नल चलाउदै भने ‘ शौचालयमा समेत पानी छैन खोलामा गएर शौच गर्न बाध्य छौ ’ । 

देउपुरा गाउकी मुरादी केवटले जति चलाए पनि नलमा पानी नआउदा धेरै समस्या झेल्नु परको बताईन । ‘ १५ दिन देखि नुहाउन पाईएको छैन, लुगा धुने काम पनि बन्द भएको छ ’ उनले भनिन ‘ घरमा रहेको पशुहरुले समेत पानी खान पाएका छैनन ’ । केलशा केवटले जति चलाए पनि पानी नै आउदैन, बेस्सरी चलाउदा नल नै भाच्चिएला जस्तो लागेका बताउछिन ’  । पानीको अभावले मानिस पशु  मात्र होइृन तरकारी खेतीमा समेत  प्रभाव परेको उमेश केवटले बताए ।

    ‘ नलमा पानी नै आउन छाडे हामी धेर्रै मर्कामा  छौ , खानेपानी लिन एक किलोमिटर टाटा जान बाध्य छौ ’ । पानी कै अभावले तरकारी खेतीमा सिचाई समेत गर्न नपाएकोले हुर्किका बिरुवा पहेलो भएका उनले गुनासो गरे । लोहरौलाका जयगोबिन्द केवटले ठुलो बोरिङ दिनरात चलाउदा गाउका नलको मुहान सुकेको बताए । आफुहरुले बोरिङ नचाउन आग्रह गर्दा अटेरी गर्ने गरिएको उनले गुासो गरे । अहिले धान खेतमा पानी सिचाई गर्ने भन्दै दिनरात बोरिङ चलाइएकोले समस्या भएको उनले बताए ।  

        ‘ हामीले  आग्रह गर्यौ तर अटेर गर्दै चलाईएकोछ त्यसैले भुमीगत पानीको मुहान सुकेको छ ’ उनले भने ‘ जसले गर्दा हामीले पानीको समस्या झेल्न बाध्य र्छौ ’ । तीन गाउमा खानेपानीको हाहाकार भए पछि गाउलेहरुले त्यस बिरुद्ध ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा उजुरी समेत दिएका छन । बोरिङले खानेपानीको मुहान सुके पछि उजुरी गरे पछि भुमीगत जल सिंचाई डिभिजन लम्ही दाङको टोलीले स्थगत निरीक्षण गरे पछि खानेपानीको महुान सुकेको प्रतिबेद २०७५ असोज २१ गते दिएको थियो । सोही आधारमा दैनिक ३ घन्टा भन्दा बढी बोरिङ नचलाउन निर्देशन दिईएको थियो ।

    तर सो निर्णयको भने अहिले पालना नभएको स्थानीय दयाशंकर केवटले बताए । ३ गाउको खानेपानीको समस्याको बिषयमा स्थायी समाधान खोजिनु पर्ने उनले माग गरे । ठुलो बोरिङ गाउ देखि ७ सय मिटरको दुरीमा छ । ढेड सय देखि ४ सय फिट सम्म जाली बाधेर ठुलो बोरिङमा पानी निकालिदा यस्तो समस्या आएको गाउलेहरु बताउछन । 

    ‘ चार सय मिटरका एकै पटक जाली लाएर पानी निकालेको भए यस्तो समस्या आउदैन थियो तर चलाखीले ढेड देखि ४ सय मिटर भित्र जाली लगाईएको छ ’ स्थानीय सुवास केवटले भने । गाउमा खानेपानीको हाहाकारका बिषयमा नगरपालिकमा जानकारी गराई सकिएको गाउलेहरु बताउछन । बुद्धुभुमी नगरपालिका मेयर केशव श्रेष्टले यस बिषयमा तत्कालै ठोस कदम चालिने बताए । ‘ के कारणले गाउका नलमा पानी नआएको हो त्यसको अध्ययन गछौ, अनि समस्याको समाधान गछौ ’ उनले भने । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६