लुम्बिनी

नियमित डायलासिस गराइरहेका बिरामीहरूको निःशुल्क कोरोना बीमा गरिदिने



बुटवल २५ भदौँ ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामीहरूको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ।नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामीहरू संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरूलाई केही भए पनि आर्थिक राहत होस् भनी निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ।अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रूपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको बताए।

          कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका बिरामीहरूको मनोबल बढाउन सघाउ पुग्ने आलमले बताए।सरकारले मिर्गौलाका बिरामीहरूको डायलासिस निस्शुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परीक्षणलाई निःशुल्क गरेको छैन।अस्पतालले भने डायलासिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्ट समेत आफ्ना सबै बिरामीहरूको निःशुल्क गर्दै आएको छ।

          त्यस्तै, अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीहरूको औषधि पनि अस्पतालले निःशुल्क गर्दै आएको छ।त्यस्तै, कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलासिसको लागि अस्पताल आउने बिरामीहरूलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६