अर्थ-वाणिज्य

कपिलवस्तुमा नव निर्मित २ वि.ओ.पी. उद्घाटन ।



कपिलवस्तु भदौ २६

सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाको लागी खट्दै आएका कपिलवस्तुमा सशस्त्र प्रहरीले १३ वर्ष पछि सुरक्षित आवास पाएका छन् । जिल्लाको विजय नगर गाउँपालिका ५ डालपुर र कृष्णनगर नगरपालिका ६ भिल्मीमा भवन निमार्ण भए पछि सशस्त्र प्रहरीलाई सजिलो भएको छ । यस अगाडी उनीहरू पुरानो तथा जीर्ण रहेको भवनमा रही काम गर्दै आएका थिए । नव निर्मित भवनमा कार्यालय, जवान ब्यारेक, वास सुविधा सहितको शौचालय समेत रहेको छ । 

नव निर्मित २ वि.ओ.पी. (बोर्डर आउट पोस्ट) भवनको शुक्रवार उद्घाटन गरिएको छ । विन्दवासिनी बाहिनी प्रदेश नम्बर ५ का बाहिनी पती सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले कार्यक्रमका बिच समुद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दै बाहिनी पती प्रधानले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न समेत अनुरोध गरेका थिए । 

डालपुरमा १३ वर्ष अगाडी देखी सुरक्षा बेस स्थापना सञ्चालनमा रहेको थियो । २०६४ सालमा कपिलवस्तुका चर्चित नेता मोईद खाँको हत्या पछि भड्किएको हिंसालाई नियन्त्रणका लागी डालपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको थियो । २०७५ माघ २ गते नेपाल सरकारको निर्णय अनुसार विओपिको रूपमा स्तारोन्नती भएको थियो । भिल्मीमा २०७० सालमा विओपी स्थापना भए पनि सुरक्षित भवनको प्रबन्ध रहेको थिएन । डालपुरको भवन १ करोड ९३ लाख र भिल्मीमा रहेको भवन ७५ लाख ९० हजार को लागतमा निमार्ण भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धुव्र बहादुर कार्कीले बताएका छन् । 

भवन नुहदाँ सशस्त्र प्रहरी कमजोर संरचना भएको जीर्ण भवनमा बस्दै आएका थिए । भवन निमार्ण पछि सशस्त्र प्रहरीलाई काम गर्न अझ सजिलो हुने विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनु भयो । महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले कोरोना नियन्त्रण र आइसोलेसन व्यवस्थापनमा सशस्त्र प्रहरीले पुराएको सहयोगको प्रशंसा गरेका थिए । डालपुरमा विओपि निमार्णका लागी स्थानीयले १४ लाख रुपैया सङ्कलन गरेर १८.५ कट्ठा जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए । 

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६