अर्थ-वाणिज्य

विकासका ठूला पूर्वाधार बन्नेमा गुल्मी अगाडी



गुल्मी २८ भदौ । संघिय बजेटवाट विकासको गति उच्च हुने प्रदेश ५का जिल्ला मध्ये गुल्मी पहिलो वर्गमा पर्न थालेकोछ । सडक पुल विधुतीकरण खानेपानी आयोजना जस्ता विकासका ठूला पूर्वाधारका काम धमाधम भइ रहेका छन् । ८० करोड बढीका दुई विद्युत सवस्टेशनको काम सुरु भएसंगै यस्ताृे देखिएको हो । रेसुङ्गा नगरपालिका वडा नं ७ उनायचौर र मुसिकोट नगरपालिका १ पौदी अमराईमा १३२ केभिएका दुई सव स्टेसन निर्माणको काम थालिएको हो।

   उनायचौरमा ४० करोड ८० लाखको लागतमा सिग्मा कन–नरेन्द्र निर्माण जेभी काठमाडौंले निर्माण सम्झौता गरेको छ भने पौदी अमराईमा ३९ करोड ९६ लाखको लागतमा मुडभरी एण्ड जोशीरआर।जे। कन्ट्रक्सनले सवस्टेशन निर्माणको काम गरिरहेको बुर्तिबाङ–पौदी अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ प्रसारण लाइन आयोजना प्रमुख मनोज प्रसाद चौधरीले जानकारी दिए । पौदी अमराईमा गत फागुनदेखि जमिन सम्याउने र अन्य फाउण्डेशन निर्माणको काम भइरहेको छ। उनायचौरमा सम्झौता भएको करीब एक वर्षपछि काम सुरु भएको छ।डिभिजन वन कार्यालय गुल्मीको अवरोधका कारण समयमै काम गर्न नसकिएको आयोजना प्रमुख चौधरीले आरोप लगाए।

उनले मन्त्रिपरिषद्बाट निर्णय भएर ठेक्का गरिएकाले सवस्टेशन निर्माणको काम वनको अल्झनको कारण लामो सय रोकिएको बताए।


   ‘वनले समयमै काम गर्न दिएको भए सवस्टेशनको आधा काम सक्थ्यौ–उनले भने–काम सुरु नभएकाले कार्यालय स्थापनाको काम पनि अन्यौलमै पर्‍यो।’आयोजना मार्फत् कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँची सन्धिखर्क हुँदै गुल्मीको उनायचौर–पौदी अमराईदेखि बाग्लुङको बुर्तिबाङसम्म ८६ किलो मिटर दुरीमा पाँच वटा सव स्टेशन निर्माण हुँदैछन्।त्यसमध्ये कपिलवस्तु र अर्घाखाँचीमा सवस्टेशन निर्माणको काम सकिएर चार्ज गर्ने काम हुँदैछ। सवस्टेशन निर्माणसँगै प्रसारण लाइन विस्तारको काम पनि भएको छ।कपिलवस्तुदेखि अर्घाखाँचीको ठाडासम्म प्रसारण लाइनको टावर निर्माण गरिएको आयोजना प्रमुख चौधरीले बताए।
कोरोना संक्रमणको कारण रोकिएको लाइन विस्तारको काम अहिले फेरि सुरु भएको छ।
   
   ‘सवस्टेशन नभएसम्म प्रसारण लाइनको काम हुँदैन, कुनै अवरोध नभए दुवै काम डेढ वर्षमा पूरा गर्छौ’–उनले भने–‘समयमै काम सम्पन्न गर्न सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छौ।’चार जिल्लाका पाँचमध्ये गुल्मीमा १३२ केभिए प्रसारण लाइनका दुई वटा सवस्टेशन निर्माण हुँदैछन्। १३२ केभिए प्रसारण लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बाग्लुङसहित पाल्पा र पर्वतलाई समेत फाइदा पुग्ने पूर्व उर्जामन्त्री गोकर्ण बिष्टले बताए।

यो १३२ केभिए प्रसारण लाइनले गुल्मी र बाग्लुङ भएर बग्ने बडिघाट खोलामा उत्पादन भएको विद्युत र प्रस्तावित उत्तरगंगा पावर हाउसलाई राष्ट्रिय प्रसारणसँग जोडेर औद्योगिक क्षेत्रसम्म विद्युत विस्तार गर्ने उदेश्य रहेको उनले बताए । ‘म उर्जामन्त्री भएको बेला यो आयोजनालाई बजेटमा व्यवस्था गरेको हो–उनले भने–समयमै काम गर्न पनि केन्द्रदेखि आयोजना स्थलसम्म मैले प्रयत्न गरिरहेको छु।’जिल्लामा विद्युत अनियमित हुँदा नागरिकसँगै विद्युत प्राधिकरणलाई समेत सास्ती हुने गरेको छ। अनियमित विद्युतको विषयलाई लिएर जिल्लामा थुप्रै आन्दोलन पनि भएका छन्।

     
    अनियमित विद्युतको प्रमुख कारण ३३ केभिए प्रसारण लाइन हो।निर्माणाधीन १३२ केभिए राष्ट्रिय विद्युत प्रसारण लाइनको काम सम्पन्न भए भरपर्दो विद्युतीय सेवा प्रदान गर्न सहयोग पुग्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिए।‘विद्युतको भरपर्दो माध्यम १३२ केभिए विद्युत लाइनको सवस्टेशन निर्माण र प्रसारण लाइन बिस्तारले स्थानीयसँगै कार्यालय पनि खुसी नहुने कुरै भएन–उनले भने–३३ केभिए प्रसारण लाइनबाट जिल्लामा कसैले राम्रो गर्न सक्दैनन्।सव स्टेशन निर्माणको कामले स्थानीयदेखि नेता कार्यकर्ता खुसी छन्। उनायचौर सवस्टेशनको शिलन्यास गर्दै रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जिल्लाको मध्य भागबाट जाने १३२ केभिए विद्युत प्रसारण लाइनले सबैलाई खुसी बनाएको बताए।
   
     दुई सवस्टेशन निर्माण र प्रसारण लाइन बिस्तारसँगै जिल्लाबासीले भोग्दै आएको अनियमित विद्युतको समस्या अन्त्य हुने भुसालको भनाई छ। अहिले बुटवलको योगीकुटीको १३२ केभिएको सव स्टेशनबाट ३३ केभिए विद्युत प्रसारण लाइन मार्फत जिल्लामा विद्युत उपयोग र बिस्तारको काम भएको छ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६