खेलकुद

नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन



काठमाण्डौ २८ भदौँ । नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् । आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् ।फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो वरीयताकी २२ वर्षीय ओसाकाले बेलारुसकी अजारेन्कालाई १-६, ६-३ र ६-३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकालेपछि त्यसपछि पछि परिन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६