अर्थ-वाणिज्य

रुपन्देहीमा हरियो सालको गोलिया बरामद



कपिलवस्तु २९ भदौँ । रुपन्देहीको कञ्चन गाउपालिकामा हरियो सालको गोलिया बरामद भएको छ। कञ्चन गाउपालिका वडा नं. २ स्थित कुत्ता गाउको खेतको बिचमा रहेको वरीपरी झाडीले घेरिएको ठूलो पिपलको रुखको फेदमा बेवारिसे रुपमा लुकाई राखेको सालको करिब ८७.९६ क्युफिट बराबरको  गोलिया बरामद भएको रुद्रपुर सामुदायिक बन उपभोक्त समूहका अध्यक्ष नाम बहादुर के।सी।ले जानकारी दिनु भएको छ।

    गएराती कञ्चन गाउपालिका वार्ड नं. ४,कञ्चन टोलका स्थानियहरुको सक्रियतामा गस्ती गरिरहेको बेला मोटर साइकलमा ओसारपसार गर्दै गरेको अवस्थामा काठ तस्करहरुले मोटर साइकल छोडेर भागेको र मोटर साइकल छोडेर भागे पछि काठ तस्करहरु नै हुन सक्ने भनि शंकास्पदको आधारमा खोज्दै जादा कञ्चन गाउपालिका वार्ड नं। ४ कञ्चनटोलको खेतमा बेवारिसे रुपमा करिब ९ क्युफिट बराबरको हरियो सालको एउटा गोलिया र लु ३३ प ६५५० नं.को एउटा होण्डा शाइन मोटरसाइकल स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।

        रातभर मोटरसाइकल आवत जावत गरिरहेपछि थप सालका गोलियाहरुको तस्करी भएको हुन सक्ने भन्दै कञ्चन टोलका स्थानियहरुले खोज्दै जादा कञ्चनको वडा नं। २ स्थित कुत्ता गाउमा ६७ फुट लम्बाई भएका थप ९ थान करिव ७८ क्युफिटको हरियो सालको गोलियाहरु बरामद गरी स्थानियहरुले रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,गरगरेलाई जानकारी दिएको स्थानिय हरि थापाले बताउनु भएको छ।अहिले ती सालका गोलिया र मोटरसाइकललाई रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेले नियन्त्रणमा लिएको छ।

            यसअघि पनि स्थानियहरुद्धारा कञ्चन २ को कुत्ता र मसिना गाउमा नै ५ थान सालको गोलिया र जेठ महिनामा शसस्त्र प्रहरी बल लोण्डिहवाको गस्ती टोलीले कचन २ स्थित गजेडी बजारमा राती २ बजेको समयमा ३ थान मोटर साइकल र ७ थान सालका गोलिया बरामद गरी लुम्बिनी साझेदारी बन,फायरलाइनलाई थप अनुसन्धान गर्न भनि जिम्मा दिएको थियो ।तर बरामद गरिएका ती गोलिया र मोटरसाइकलका बारेमा के कस्तो अनुसन्धान भैरहेको छ र मोटर साइकल चालक र काठ तस्करहरुको खोजी कार्य के कस्तो भैरहेको छ भन्ने कुनै जानकारी नभएको स्थानियहरुको ब्यापक गुनासो रहेको छ।

    यस्तै गत असार २० गते पनि रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेले कञ्चन गाउपालिका वार्ड नं. ३ स्थित जिग्नियामा बस्ने इन्दैजित बि।क।ले संचालन गरेको फर्निचर उधोगमा करिव २८ क्युफिट बराबरको ५ थान सालका गोलिया नियन्त्रणमा लिई आवस्यक कार्वाहीका लागि कञ्चनका राजनैतिक दल र स्थानिय अगुवाहरु सहित छलफलमा राजनैतिक दलका प्रतिनीधि र स्थानिय अगुवाहरुले नै निजको गल्ती पहिलो भएको र आगामी दिनमा सो कार्य दोहोर्याए आवस्यक कार्वाही गर्नु पर्ने भन्दै गैर कानुनी रुपमा फर्निचरमा राखिएको काठ बरामद गरिए पनि कार्वाही गर्न गराउनमा कुनै पहल नभएको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेका पदाधिकारी सदस्यले जानकारी दिएका छन ।

         आज बरामद गरिएका ती सालका गोलियाहरु रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन४,गरगरेको बन क्षेत्र अन्तर्गत कपिलबस्तु र रुपन्देहीको सिमा कोठी नदी ब्लक क्षेत्रबाट तस्करहरुले कञ्चनको लुम्बिनी फायरलाइन सडक अन्तर्गत देउरालीको बाटो हुदै कञ्चन ४ को दियो,ढावा र अस्नैयाको कञ्चन टोल स्थित भैरमघाट पुल हुदै गजेडी तर्फ तस्कर भैरहेको अवस्थामा बरामद गर्न सफल भएको गस्ती टोलीका सदस्य स्थानिय मन बहादुर सिंजालीले बताउनु भएको छ। यति धेरै परिमाणमा सालका गोलिया ओसार पोसार गर्नमा एक दुइजनाको समूह मात्र नभएको र करिब २० देखि ३० जनाको समूह रहेको स्थानियहरुले अनुमान गरेका छन ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६