कपिलवस्तु २९ भदौ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले गत आर्थिक बर्ष १ करोड ७८ लाख ४५ हजार ३ सय राजस्व संकलन भएको छ । उद्योग र ब्यापारको दर्ता र नबिकरणमा सो राजस्व सकलन भएको हो । उद्योग तर्फ ८९ लाख ७९ हजार ६५० तथा बाणिज्य तर्फ ८८ लाख ८५ हजार ६५० रुपैया सकलन भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन केसीले बताउनु भयो ।
यता गत आर्थिक बर्ष २०७६/०७७ सम्म ६ हजार ६७३ उद्योग दर्ता भएका छन । केही बर्ष यता मुलुकमा सहज वातावारण बनेपछि उद्योग धन्दा खुल्नेक्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार साना उद्योग ६ हजार ४२५, घरेलु उद्योग ३३ तथा लघु उद्योग २ सय १५ दर्ता भएका हुन । यस्तै सो उद्योग अनुसार प्राईभेट फर्म ६ हजार ३७०, साझेदारी फर्म २ सय २७ र प्रालि ७६ छन । गत आर्थिक बर्ष २०७६/०७७ मा कुल १ हजार ४७ उद्योग दर्ता भए । जसमा साना उद्योग १ हजार ३९ र लघु उद्योग ८ दर्ता भए । उता जिल्लामा गत आर्थिक बर्ष सम्म कुल १० हजार १९४ बाणिज्य फर्म दर्ता भएका छन । गत आर्थिक बर्ष २०७६/०७७ मा कुल १ हजार २२५ बाणिज्य फर्म दर्ता भएका थिए । बाणिज्य फर्ममा कुल ८ अर्व २ करोड बढी पुजी लगानी,र २५ हजार बढीलाई रोजगारी सूजना भएको छ ।
एक दशक यता जिल्लामा उद्योग धन्दा खुल्नेक्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रम्ख राजक केसीले बताए । सशस्त्र माओबादी द्धन्द पछि शान्ति स्थापना भए यता उद्योग धन्दा खुल्नेक्रम बढेको उनले बताए । ‘ उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको छ ’ उनले भने । कोरोना भाईरसका कारण गत चैत यता भने उद्योग धन्दा पनि मारमा परको उनले बताए । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योग धन्दा र ब्यापारको संख्या बढनु सकारात्मक रहेको बताए । उनले साना र उद्योग र ब्यापारलाई सररकारले प्रबद्र्धन गर्न नसक्दा खोलिएको उदोग धन्दा पनि चाडै बन्द हुने गरेको बताए ।
प्रतिक्रिया