कपिलवस्तु १ असोज।विश्वकर्मा पुजाको अवसरमा कपिलवस्तुको वाणगंगामा नयाँ व्यवसायको शुभारम्भ भएको छ वाणगगा नगरपालिका नग १ बैरियामा लुम्बिनी स्टिल, आल्मुनियम एण्ड कन्सट्रक्सन प्रा.लि.को आज बाट शुभारम्भ भएको हो । आज एक कार्यक्रको आयोजना गरि व्यवसाय उदघाटन गरिएको हो । स्थानीय राहुल पाण्डे र सुनिल रानाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक उपार्जन गर्ने उद्देश्यले सुरु गरेको व्यवसायको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले पसलको उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रममा समाजसेवी डोलकराम घिमिरे, शक्ति सिंह ठकुरी, विरेन्द्र श्रेष्ठ, दुर्गा केसी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया