खेलकुद

गणेशमानको २३औं स्मृतिमा युवा क्लवलाई फुटवल



कपिलवस्तु २ असोज । तरुण दल र नेबि संघद्धारा संचालित ‘ खेलाडीहरुको मनोबल उच्च बनाउने हाम्रो अभियान’ अन्तर्गत लौहपुरुष एवम प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्वर्गीय.गणेशमान सिंहको २३औं स्मृति दिवसमा खेलकुदकालागि  फुटवल हस्तान्तरण  गरिएको छ ।नेपाल तरुण दल र नेविसंघ क्षेत्र नंम्बर १ कपिलवस्तले  बाणगंगा नगरपालिका वडा नम्बर १० पटना मा रहेका ८का युवा क्लबलाई १३ थान फुटवल प्रदान गरिएको हो । 

    जिल्ला सभापति शक्ति सिंह ठकुरी, संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतले युवा क्वललाई फुटवल हस्तान्तरण गरेका थिए । खेलप्रेमी खेलाडीहरुलाई प्रोत्साहन गर्न आफुहरुले  युवाहरुलाई खेलकुद सामाग्री (फुटबल) हस्तान्तरण गरको सभापति ठकुरीले बताए । ‘ खेलाडीको मनोबल उच्च बनाउने हाम्रो अभियान अन्र्गत हामीले युवाहरुलाई विकास अभियानमा समेत जोडने प्रयास गरेका छौ ’ उनले भने । 

    संघका क्षेत्रीय सभापति पोख्रेलले नेता सिंहको स्मृतिमा युवाहरुलाई एक आपसमा जोडनकालागि आफुहरुले अभियान अन्गृत युवा क्वलहरुलाई खेलकुद सामाग्री दिएको बताए । आफुहरुले यो अभियान जारी राख्ने बताए । लकडाउनमा बिपन्न परिवारलाई घर घरमा राहत, आगलागी पीडीतलाई राहत, बिपन्न परिवारलाई लत्ताकपडा, बिपन्नलाई घर र शौचालय निर्माण गरेको तरुण दल र नेबि संघले उदाहरणी काम गर्दै आएको छ । 

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६