अर्थ-वाणिज्य

कपिलवस्तु अस्पतालमा दन्त रोग र स्त्रीरोग सेवा सुभारम्भ



कपिलवस्तु ४ असोज  । प्रदेश नम्बर ५ सरकारले स्त्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरेको एक हप्ता भित्रै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्रीरोग सेवा  सुभारम्भ गरिएको छ । जनरल र प्रसुती सेवा दिदै आएको अस्पतालमा सो सेवा थपिएको हो । महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिना देखि सुरु भएको भएपनि औपचारीक शुभारम्भ यतिबेला भएको हो । दन्त रोगको सेवा भने आईतवारबाट सुरु गरिएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा दन्तरोग उपचार सेवाको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले शुभारम्भ गर्दै सदरमुकाम तौलिहवामा रहेको सरकारी अस्पतालमा दन्त रोगको सेवा सुरु हुनु अति नै प्रभावकारी  भएको बताउनु भयो । ‘ गरिब र बिपन्नलाई अब यो सेवा लिन बाहिर जानु पर्ने बाध्यता टरेको छ, यो अति राम्रो काम हो ’ उहाले भन्नु भयो  । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर. किशोर बन्जाडे अस्पतालमा थपिएको यो सेवाले दातका रोगीहरुलाई सजिलो हुने औल्याउनु भयो  । ‘ निजी क्लिनीकमा गएर मंहगो उपचार लिन पथ्र्यो अब भने सस्तो र भरपर्दो सेवा यहि  पाईन्छ ’ उहाले स्पष्ट पार्नु भयो  ।  दन्त रोगका डक्टर शिव कुमार चौधरीले बिरामीहरुको आईतवार देखि नै जाच सूरु गर्नु भएको छ । दन्त रोगकालागि चाहिने आवश्कीय उपकरणहरु समेत प्रदेश सरकारको सहयोगमा ल्याई सकिएको छ । अस्पतालमा २ बिशेषज्ञ सहीत नौ जना डाक्टर छन । ल्याब एक्सरे र भिडियो एक्सरे सेवा समेत अस्पतालमा उपलब्ध छ । ‘ अस्पतालमा  ५० बेड क्षमता संगै अरु स्ुबिधाहरु थपिने  मेसु बन्जाडेले दावि गर्नु भयो । 

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६