अर्थ-वाणिज्य

पाहुना आउदा तसर्दै होमस्टे : संचालक विकल्प खोज्दै ,जनप्रतिनिधी पुनः सूचारु हुने मौका पर्खदै



कपिलवस्तु ६ भदौ    पाहुनाको स्वागत सत्कारमा रमाउदै आफ्ना घरवस्तीमा केहि भएपनि कमाउदै आएका कपिलवस्तुको थारु होमस्टे जगदिशपुर यतिबेला अतिथीको आगमनको प्रतिक्षामा छैन । अतिथी देवोभव भन्ने नेपाली संस्कारमा यतिबेला अतिथीसंग कोरोना भित्रने त्रासमा तर्सित छ । फलस्वरुप कोरोना सङ्क्र्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्ट(घरवास पर्यटन) व्यवसायमा केहि समय रमाएकाहरु यतिबेला अरुको खेत बटैया गर्नमा अभ्यस्त हुन थालेका छन् ।कोभिड–१९ को प्रभावपछि थारु होमस्टे जगदिशपुरका संचालक १८ परिवार मध्ये अधिकांस  होमस्टे सञ्चालनवाट आम्दानीको विकल्प नभएपछि खेतीपातीमा जम्न  थालेका हुन् ।

     कपिलवस्तु नगरपालिका ९ स्थित थारु होमस्टेका संचालक रमेश थारु भन्छन् साना किसानवाट ऋण निकालेर होमस्टेमा लगानी गरेको थिएँ व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा सिंगो  परिवार व्यस्त हुने गर्दथ्यो ।तर अहिले ती सबैकाम हुन छाडेको धेरै महिना भयो । फाल्तु बस्नु भन्दा खेतीपातीमा लाग्दा फाइदा हुने देखियो उहाले भन्नु भयो । ऋण तिर्न अधिया बटैया खेतीपाती अलि धेरै लगाएर कृषिवाटै कमाउनु पर्ला उहाले योजना सुनाउनु भयो  ।रमेशले भन्नु भयो ‘कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।’ गत चैतमा लकडाउन भएपछि मासिक कुनै आम्दानीछैन । 

     यस्तै अवस्था कपिलवस्तुको विजयनगर स्थित जवाबैराठ होमस्टेमा पनि छ । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प खोज्न थालेका छन् । यतिबेला त्यहाका २ दर्जन  पाहुना घर खाली छन् । यो समयमा स्थानीय झगरु थारु पाहुना कुरेर बस्दा पनि डराउनु पर्ने भएपछि  आयआर्जनको विकल्पका रूपमा सुगरपालन गर्न थाल्नु भएको छ । अर्का छिमिकी विष्णु बस्नेतले २० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गर्नु भएको छ । झगरुले भन्नु भयो ‘पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न केहि त गर्नै परयो  ।’जवाबैराठका करिव २ दर्जन  होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्ने स्थिती नै छैन स्थानीय भुपाल थापा ले वताउनु भयो । 

    होमस्टे व्यवसायी बैकुण्ठ रानाले करिव २ वर्ष अघि विजयनगर गाउपालिकाको सहयोगमा होमस्टेमा प्रशस्त सम्भावना देखेर थोरै भएपनि लगानी गरेको अहिले चौपट हुनु पर्दा चिन्ता लागको वताउनु भयो । पेशा हराउने र लगानी डुब्ने चिन्ता छ  । ऋण त छैन तर रोजीरोटी त गुम्योनी उहाले भन्नु भयो ।यहाँका प्रायः होमस्टे व्यवसायी विकल्पका रूपमा खेतीपाती ,कुखुरापालन र तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । १ वर्षदेखि होमस्टे सञ्चालनको अनुभव हासिल थियो भन्दै कुनैदिन फेरी यहिपेशा गरौला भनेर अहिले खेतीपाती नै रोजेको जगदिशपुरकी रानी थारुले वताउनु भयो । ‘पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो’, उहाले भन्नु भयो  ‘तर अहिले कोरोनाको डरले  पाहुना आएपनि डराउनु पर्ने भएपछि खेतीपाती वढी सुरक्षित देख्न थालियो । 

    यता कपिलवस्तु नगरपालिका वडा नं ९ का अध्यक्ष शिव वाग्लेले थारु होमस्टे जगदिशपुरको सुन्दर भविश्य रहेको वताउदै वातावरण अनुकुल हुदासाथ वडाले सघाएर भएपनि होमस्टे संचालनमा ल्याउने औल्याउनु भयो । खेतीपाती त उनीहरुको पहिले देखिकै पेशा हो होमस्टेलाई विस्तारै पेशा वनाउन लागेको थिए कोरोनाले तर्सायो उहाले भन्नु भयो । यता विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापा जवाबैराठ स्थित होमस्टेलाई मर्न नदिने बताउदै केहि समयपछि पुन सुदृढ गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । 

प्रकाशित : ६ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६