पर्यटन

चिरान हुँदै गरेको अबैध काठ बनगस्तीद्वारा बरामद १ पक्राउ



दाङ, ७ असोज । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं ५ जौबारीमा अवैद्य चिरान सालका काठ सहित १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं ५ निवासी वर्ष २३ का नवराज खत्री केसी रहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनु भयो  । 

    विना ईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भएपछि पुरन्धारा सव डिभिजन वन कार्यालयका स।व।अ। सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु संयोग वस्नेत र विष्णुप्रसाद लामिछाने र सशस्त्र वन रक्षकसहितको गस्ती टोली परिचालन गरिएको थियो ।

    गस्ती टोलीछारा संकित स्थानको करीव ४ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं ५ अन्तर्गतको जौवारी भन्ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५० क्यूफिट र सोही ठाउका  भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यूफिट गरी जम्मा १३.३३ क्यूफिट काठ गस्ती टोलीको निरन्तर १७ घण्टाको प्रयास पछि बरामद गगरिएको छ ।  बरामद गरिएको काठ ट्याक्टरमा लोड गराइ पुरन्धारा सव डिभिजन वन कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।

    त्यसैगरी बबई गाँउपालिका वडा नं ५ स्थित खाल्टे भन्ने स्थान सोही गस्ती टोलीले गेदलाल बुढाथोकीको छोरा बलबहादुर बुढाथोकीले वन क्षेत्रमा अतिक्रमण गरी बनाएको छाप्रो भेटिएकोमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ थान ६२ को १०१.४० क्यूफिट बरामद गरि काठ लुकाउन बनाइएको काठको अस्थायी छाप्रो स्थानीयहरुको रोहबरमा भत्काइएको जानकारी सामुदायिक वनका अध्यक्ष सिद्धान्त बरालले बताउनु भयो ।

    घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानको शिलसिलामा डिभिजन वन कार्यालयमा राखिएको र घटनाका बारेमा विस्तृत अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोकिएकोले घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जानकारी डिभिजनल वन अधिकृत विजयराज सुवेदीले दिनु भयो  । अतिक्रमणकारीलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरी १ लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले स्पष्ट पार्नु भयो ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६