रुपन्देही ११ असोज ।प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले काम सम्पन्न नै नगरी ७५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।यसवाट शुसासनको खिल्ली उडाउने काम भएको प्रमाणित भएको छ । ललितपुरको सानेपामा कार्यालय रहेको पिकासो इन्फो डेभलपर्स सट्याक जेभीलाई काम नै पुरा नगरी मन्त्रालयले ठेक्काको ९३ प्रतिशतभन्दा बढी रकम भुक्तानी दिएको हो । मन्त्रालयले प्रदेश ५ भित्रका प्रमुख पर्यटकीय स्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायातलगायत क्षेत्रलाई समेट्ने गरी थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेशन बनाउन ८० लाखमा उक्त कम्पनीलाई ठेक्का दिएको थियो ।
गतवर्ष माघमा सूचना जारी गर्दै प्रक्रिया सुरू गरेको मन्त्रालयले लकडाउनकै बीचमा २०७७ वैशाख १० गते पिकासो डेभलपर्स सट्याक जेभीसँग कार्य सम्पादन गर्ने सम्झौता गरेको थियो । मन्त्रालयले प्रकाशन गरेको सूचना र उक्त परामर्शदातासँगको सम्झौतामा प्रदेशका प्रमुख पर्यटकीय स्थल, धार्मिक तथा ऐतिहासिक क्षेत्र, होटल, यातायात लगायत क्षेत्रलाई समेट्ने गरी थ्रिडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माण गर्ने भनिए पनि कामै नगरी भुक्तानी दिइएको लेखा शाखाले जनाएको छ । मन्त्रालयका लेखा अधिकृत मुकुन्दप्रसाद पराजुलीका अनुसार सम्बन्धित शाखाको टिप्पणी र सचिवको लिखित आदेशका आधारमा लेखा शाखाले भुक्तानी दिएको हो ।
प्रतिक्रिया