अर्थ-वाणिज्य

तीन वटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा बिस्तार ,देशभरका ६ वटा पालिकामा शाखा पुग्न बाकी



असोज १२ ,काठमाण्डौ – देशका तीनवटा प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार प्रदेश नम्बर दुई, गण्डकी र प्रदेश पाँचका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका हुन् । प्रदेश दुईका एक सय ३६, गण्डकीका ८५ र प्रदेश पाँचका एक सय नौ वटै शाखामा क वर्गका बैंकका शाखा पुगेका छन् । प्रदेश एक र कर्णालीका एक  एक वटा पालिकामा तथा वाग्मती र सुदूरपश्चिमका दुईदुई  वटा पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकले २०७५र७६ सालमै सबै पालिकामा बैंकका शाखा पुर्‍याउने लक्ष्य लिए पनि अहिलेसम्म देशभरका ६ वटा पालिकामा शाखा पुग्न सकेका छैनन् । 

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६