अर्थ-वाणिज्य

बाणगंगावाट शुरु भयो बहुआयमिक वजार अनुगमन



 कपिलवस्तु ३ कार्तिक ।  बजार अनुगमनमा बाणगंगाले एकैसाथ ४ टोली परिचालित गरेर विभिन्न स्थानवाट बजार अनुगमन गरेको छ । बहुआयमिक ब्यापार तथा सेवामा एकैसाथ धेरैतिरवाट बजार अनुगमन हुदा पूर्व जानकारी पाएर मापदण्ड विपरीत संचालित पसलेहरु भाग्न नसकुन भनेर यस्तो गरिएको वताईएको छ ।  अनुगमन पछि भेटिएका त्रुटीलाई नगरले पत्र मार्फत अव आइन्दा यस्तो भेटिएमा कारवाही हुने भनेर वार्निङ दिएको छ । चाडबर्पका समयमा हुन सक्ने कालोबजारी र मिसावटलाई रोक्न बाणगंगा नगरपालिकाले बजार अनुगमनलाई तिब्र बनाएको 

     दशैतिहार नजिकिए संग नगरपालिकाले सोमबार देखी बजार अनुगमन सुरु गरेको हो । बजार अनुगमगन समितिका संयोजक एबम नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा खटिएको अनुगमन टोलीले सोमबार पहिलो दिन आदोरी बजार देखी चार नं सम्म रहेका बजारहरुको अनुगमन गरेकोछ ।

   यस्तै अन्य टोलीले चार नम्वर पिपरा ४ नम्वर वनगाई लगायतमा अनुगमन गरेका थिए । अनुगमनमा स्वास्थ्य ,कृषि , होटल ,खाद्यान्न ,किराना ,मासु पसलहरुको अनुगमन गर्नेगरि सदस्यीय टोली बनाई बनाईएको थियो । अनुगनमा किराना पसल ,मासु पसल ,मेडिकल , होटल रेष्टुरेन्ट , कृषि सहकारीहरुको अनुगमनको क्रमममा धेरै पसलहरूमा मूल्य सुचि नराखिएको ,डिजिटल नापतौल नभएको , सरफाईमा राम्रो नभएको , दर्ता नगरेको , म्याद गुज्रियका सामानहरू भेटिएको छ ।

     संयोजक अर्यालले जुन पसलहरुमा कमजोरी भेटिएका छन यसपटकको लागि पत्र  दिएको र आगामी दिनमा आफ्ना कमजोरी नसुधारेमा कार्बाही गरिने बताउनुभएको छ । सुधार गर्नुपर्ने कुराहरु केके छन भन्ने गरि पत्र लेखेर दिएको उहाको भनाई छ । अनुगमनका क्रममा रहनुभएका नगरपालिकाका मेयर मंगल थारुले नगरपालिकाले समयसमयमा बजार अनुगमन गर्दै आएको बताउदै उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुहरुमा ठगिन सक्ने भन्दै स्थानिय अनुगमनलाई तिब्रता दिएको बताउनुभएको छ ।

    बजार अनुगमन टोलीमा जनप्रतिनिधि , नगरमा बिभिन्न फाटमा कार्यरत कर्मचारी , उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल ,पत्रकार महासंघ शाखाका अध्यक्ष डिलाराम भूषाल , उपभोक्ता हित संरक्षण मञ्चका सचिव राजेन्द्र शाह सुरक्षाकर्मी, पत्रकार लगाएत रहनु भएको थियो । यसअघि ईलाका प्रशासन कार्यालय बाणगंगा र जिल्ला प्रशासनले जिल्लामा छरिएर रहेका बजारहको अनुगमन गरेको थियो । संगै अनुगमनमा फेला परेका म्याद नाघेका र खान योग्य नभएका बस्तुहरु जफत गरिएको थियो । 




प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६