अर्थ-वाणिज्य

चाडपर्वमा चिल्लो खाद्य वस्तु कम खान पोषणविद्को सुझाव



काठमाण्डौ ४ कार्तिक । कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डाक्टर मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ । दशैँको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताउनुभयो । खासगरी दशैँमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उहाँको सुझाव छ । कोभिड–१९ सङ्क्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैँको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिनुभएको छ ।

  मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गर्नुभयो । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाईजन्य वस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उहाँको भनाइ छ ।छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभइ रोगव्याधीसमेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा। ठकुराठीले बताउनुभयो ।मोटोपन बढ्दा ब्लड प्रेसरमा उतार चढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनीको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । दशैँका बेला मुला, काँक्रो, कागतीको सेवन दैनिक रुपमा गर्न पनि उहाँको सुझाव छ । 

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६