अर्थ-वाणिज्य

अहिलेसम्मकै ठूलो आइपिओ आउँदै,



शेयर बजारमा अहिलेसम्मकै ठूलो आइपिओ आउन लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बोलाएको छ, उक्त साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिएलगतै ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने तयारीमा छ । इन्फ्रास्ट्रक्चर बैंकले एजिएमबाट स्वीकृति लिन मंसिर ३ गते साधारणसभा गर्न लागेको हो । बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ छ । यसको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने छ । यसमध्ये ०.२ प्रतिशत शेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बैंकले पहिलो साधारणसभाबाट पनि स्वीकृति लिएको थियो । तर त्यतिबेला शेयर निष्कासन हुन सकेको थिएन् । चालु वर्षभित्रै शेयर जारी गर्नका लागि साधारणसभाबाट पुन स्वीकृति माग गरिएको हो ।

ठूला पूर्वाधार परियोजनामा लगानी गर्न सरकारको १० प्रतिशत शेयर लगानी भएको इन्फ्रास्ट्रक्चर बैंक खोलिएको हो । उक्त बैंकमा ९० प्रतिशत शेयर निजी क्षेत्रको छ । मेरो लगानि बाट साभार 

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६