रुपन्देही ६ कार्तिक । प्रविधीको दुरुपयोग गरी नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई सताउने गिरोह सकृय भएको छ । पहिलो कार्यकालमा अर्थ मन्त्रालय मार्फत उत्साहवद्र्धक काम गरेका अर्थमन्त्री पौडेललाई काममा केन्द्रित हुनवाट रोक्न तनाव श्रृजना गर्न र छक्काउन सके दुरुपयोग गर्न गिरोहले गलत काम थालको उहाको नीजि सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलका नाममा फेसबुक र ईमेल आईडी बनाएर म्यासेज जान थालेपछि उनको सचिवालय मात्र होईन स्वयम अर्थमन्त्रीलाई तनाव दिएको छ ।
अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले केही ह्याकरहरुले अर्थमन्त्री पौडेलको फेक आईडी बनाएर बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई सन्देश पठाउन थालेको बताउदै त्यस्ता प्रति सर्तक रहन आग्रह गरेका छन । नीजि सचिव यम पाण्डेले सामाजिक सन्जाल फेसवुक मार्फत शन्देस सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलका नाममा अनाधिकृत ब्यक्तीले गलत र भ्रामक म्यासेज पठाउने गरेकोले भ्रममा नपर्न आग्रह गरेका छन ।पाण्डेले त्यस्ता प्रकारका कुनै सन्देश आएका त्यसको सत्यता जांच गर्न र ति सन्देशहरुको भ्रममा नपर्न आग्रह गरेका छन ।हामी बिद्युतीय कारोवार एैन अनुसार उनीहरुलाई कार्वाहीको प्रक्रिया अगाडी बढाएका छौ छिट्टै नै कानुनको दायरामा आउने छन पाण्डेले फेसवुक मार्फत भनेका छन् ।
प्रतिक्रिया