अर्थ-वाणिज्य

आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने



काठमाण्डौ ६ कार्तिक ।  नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ ।साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।विभागका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि।सं। २०७६ लेखिएको हुनेछ ।यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा Nepal Rastra Bank लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा  लेखिएको र सिरिज नम्बर अंग्रेजीमा 2020 A.D लेखिएको हुनेछ ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६