अर्थ-वाणिज्य

फरक दशैं : नमूर्तिपूजा नचन्दाको दवाव,मन्दिर नजान प्रशासनको निर्देशन



कपिलवस्तु ६ कार्तिक । दशैमा दुर्गाका मूर्ति स्थापनाका लागि सडककमा रसि टाँगेर जवरजस्ती रुपमा उठाइने चन्दा यसपाली उठेन । नत मूर्ति नै स्थापना गरिए । प्रशासनले मन्दिरमा नजान भिडभाड नगर्न जिल्लावासीमा आग्रह गरयो । कोरोनाको त्रास बीच जसो जसो निर्देशन उसैउसै कामकारवाही हुन थाले फलस्वरुप यसपालीको दशै विगतको भन्दा भिन्दै रहयो । 

    विगतका वर्षमा घटस्थापनासँगै कपिलबस्तुका चोकहरूमा दुर्गाका मूर्ति स्थापना गरिन्थ्यो । यहाँका राजमार्ग चौराह, ४नं चोक, तौलिहबा, चन्द्रौटा , लगायत चोकमा बिहान र साँझ दुर्गा पूजा तथा भजनकीर्तन गरिन्थ्यो ।यसपालि दसैं सुरु भए पनि कुनै चोकमा दुर्गा मूर्ति स्थापना भएनन । शंख, घण्ट, मजुरा र मादलका धुन पनि सुनिएको छैन । 

    चोकहरू सुनसान छन ।कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासनले दुर्गाको मूर्ति स्थापनामा रोक लगाएको छ । टोलटोलमा मूर्ति स्थापना गर्दा पूजाआजा गर्नेको भीडभाड हुने भन्दै प्रशासनले रोक लगाएको हो । प्रदेश सरकारले घटस्थापनाको एक साताअघि नै प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई मूर्ति आयात र स्थापनामा रोक लगाउन आग्रह गरेको थियो ।

    यता कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै भिडभाड हुन सक्ने भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ ।आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गरेको । 

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६