कपिलवस्तु १६ असोज ।कपिलवस्तुको मायादेवी गाउँपालिका– ७ बनकसिहामा आधा किलो बढी सुनका सामग्री सहीत २ जना पक्राउ परेका छन । प्रहरीले विशेष सूचनाका आधारमा कपिलवस्तुबाट भारततर्फ लादै गरेको आधा किलो सुन बिहीवार राति बरामद गरेको हो । सुनसँगै प्रहरीले मायादेबी गाउँपालिका– ४ का ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्तालाई पक्राउ गरेको छ । पवनले लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ लादै गर्दा सो सुन बरामद भएकको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो ।
खानतलासी लिंदा पवन गुप्ताले कम्मरमा बाधेको निलो रङको थैली भित्र लुकाई छिपाई राखेको अवस्थामा सो सुन फेला परेको थियो । २४ क्यारेट सुन ४३ तोला(५०० ग्राम) र १८ क्यारेट सुनको सिक्रि १ तोला ४७ लाल, १८ क्यारेट सुनको औठि ३ आना बरामद भएको थियो । सुनको बजार मुल्य ४२ लाख ३ हजार ,९६ रुपैया कायम गरेको छ । पवनको साथबाट नगद रू.८ हजार ९२५ रुपैया समेत भेटिएको थियो । पक्राउ परेका दुबकै जनालाई सुन सहीत थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाईएको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भयो । अहिले तराईका जिल्लाबाट तस्करी गरिएको सुन भारत तर्फ जाने गरेको स्रोतले बताएको छ ।
प्रतिक्रिया