डोटी १८ असोज ।नेपालकै इतहिासमा सस्कृति तथा नागरिक उडडयन मन्त्री योगेश भटराईले नयाँ किर्तिमान बनाउनु भएको छ । एकै दिन देशको सबैभन्दा पश्चिमी क्षेत्रसूदुरपश्चिमका ३ वटा विमास्थलवाट परिक्षण उडान गराएर उक्त किर्तिमान वनाउनु भएको हो । अहिले सम्म एकैदिनमा तीनवटा विमानस्थलवाट परिक्षण उडान भएको इतिहास नरहेको नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताउनु भयो । यो संगै लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका तीन बिमानस्थलहरुको परीक्षण उडान भएको छ ।
डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्गको चैनपुर विमानस्थलको शनिवार परीक्षण उडान भएको हो । लामो समयदेखि वन्द भएका बिमानस्थलहरुको स्तरोन्नती भएपछि परीक्षण उडान गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक पोखरेलको भनाइछ ।परीक्षण उडानका क्रममा नेतृत्वको टोलीले बिमानस्थलको निरीक्षण पनि गरेको छ । श्री एयरलाइन्सको बिमानमार्फत काठमाडौंबाट धनगढी आएको मन्त्री भट्टराई नेतृत्वको टोली धनगढीबाट समिट एयरको ९एल एएनजी को टुईनेटर विमानबाट डोटी, बझाङ्ग र बैतडीको विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको हो ।
सुदूरपश्चिम प्रदेशकै पुरानो मध्य एक दिपायल बिमानस्थलको क्षेत्र विस्तार हुने संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताउनु भएको छ ।विमानस्थल निरीक्षणको क्रममा भट्टराईले विमानस्थलको धावनमार्ग बिस्तार गरि ४५ सिट क्षमताका विमानहरु सहजै आउन सक्ने बनाउने औल्याउनु भयो । जग्गा अधिग्रहणका लागि स्थानीय तहबाट मुआब्जाको कुरा मिलेपछि आवश्यक बजेटको व्यवस्था गर्न मन्त्रालय तयार रहेको उहाको भनाइछ ।
२०३० सालबाट सञ्चालन आएको दिपायल विमानस्थलको धावनमार्ग चार सय ९० मिटर मात्रै रहेको छ । दिपायल बिमानस्थलको कालोपत्रेको काम जनताका बीचमा गरेको प्रतिबद्धता पुरा गरेको प्रतिनिधि सभा सदस्य प्रेमवहादुर आले मगरले जानकारी दिनु भयो ।उहाले भन्नु भयो ‘मैले यो बिमानस्थल कालोपत्रे हुन्छ भन्दा बिश्वास नगर्नेहरु पनि थिए आज त्यो यर्थातमा पुरा भएको छ । अव म बिमानस्थल बिस्तारका लागि पहल गर्छु ।’
प्रतिक्रिया