काठमाडौं । पुस देखी समान किन्दा पैसा बोक्नु नपर्ने भएको छ । सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले मोबाइलको ब्यालेन्स प्रयोग गरी सामान खरिदको भुक्तानी गर्न सकिने
सुविधा ल्याउने भएको छ । यसका लागी आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव शुक्रबार खोलिएको टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार पुस महिनाभित्र सेवा
सञ्चालनमा ल्याउने गरी कम्पनीले तयारी अघि बढाएको छ ।
साउन २० गते टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन असोज
२ गतेसम्मको समय अवधि दिएर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको
थियो । जसमा भारतका तीन कम्पनी सिक्सडी, कमभिभा, वान नाइन्टी सेभेन, अमेरिकी
कम्पनी पानाम्याक्स र सिमलेस कम्पनी र चिनियाँ कम्पनी सेन्जेन किङ्डम रहेको
स्राेतले जानकारी दिएकाे छ । उनिहरुले आर्थिक प्रस्ताव खोलिएको शुक्रबार
खाेलिएकाे हाे ।अब यसैका आधारमा ती कम्पनीहरुले हालेको प्राविधिक प्रस्ताव खोलिने छ ।
प्राविधिक प्रस्तावको मूल्यांकनपछि ठेक्काको नतिजा सार्वजनिक हुनेछ । यसका
लागि बढीमा १० दिन लाग्न सक्नेछ।
सम्झौता भएको मितिले ३ महिनाभित्र सेवा सञ्चालनमा ल्याउने गरी सम्झौता हुनेछ । यसअघि भुक्तानी सेवा सुरु गर्न नेपाल राष्ट्र बैंकले दिएको अनुमति
अनुसार पनि टेलिकमले माघको पहिलो हप्ताभित्र सेवा सञ्चालनमा ल्याइसक्नु
पर्नेछ । राष्ट्र बैंकले साउन पहिलो साता टेलिकमलाई ६ महिनाभित्र मोबाइल मनी सेवा
सुरु गर्ने गरी भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको थियो ।
प्रतिक्रिया