सूचना र प्रविधि

मनसुन कमजोर बन्दै, आज देशका केही ठाउँको मौसम बद्ली



काठमाण्डौ १९ असोज ।  देशका केही ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ।देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर बाँकी प्रदेशहरुमा आंशिक बद्ली रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ । पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पूर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो । अब केही दिनमा देशभरिबाटै मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो ।जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १\२ दिन अझै मनसुन बाहिरिने सम्भावना नभएको उहाँको भनाइ छ ।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६