लुम्बिनी

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध(भिडियो सहित)



बुटवल १९ असोज । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए ।लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।संसद बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्रीले ओली र प्रचण्डको बैशाखी टेकेर भालुवाङको प्रस्ताव ल्याए: कांग्रेस

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको वैशाखी टेकेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको आरोप लगाएको छ ।प्रदेशसभाको सोमबारको बैठक सुरु हुनासाथ समय लिएर बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजधानीको विषय राजनीतिक सहमतिबाट टुंगो लगाउनुपर्ने बताए ।बुटवल, दाङ वा कपिलवस्तु जहाँ राजधानी बनाए पनि औचित्य प्रमाणित गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । तर मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्का अध्यक्षको बैशाखी टेकेर एकलौटी प्रस्ताव ल्याएको उनले बताए । कनौडियाले भने, ‘कसैको रहर पूरा गर्न र राजनीतिक स्वार्थ पूरा गर्न यो प्रस्ताव आएको छ ।’

प्रकाशित : १९ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६